१२ आश्विन २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई अनुसन्धानका लागि ४ दिनको म्याद थप

291

२०८२ भाद्र १२ गते बिहिबार, काठमाडौं।

सामाजिक सञ्जालमार्फत महिलालाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरनिको पाँडेलाई प्रहरी अनुसन्धानका लागि ४ दिनको म्याद थप गरिएको छ।

बुधबार साँझ साइबर ब्यूरोले पक्राउ गरेका पाँडेलाई बिहीबार काठमाडौँ अदालतले पहिलो पटक हिरासतमा राख्न अनुमति दिएको हो।

डा. पाँडेमाथि फेसबुक र इमेलमार्फत महिलालाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेको छ। साइबर ब्यूरोले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका पाँडे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन्। यो घटनाले सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट सिर्जना हुने कानुनी जटिलताका बारेमा पुनः बहस सुरु गराएको छ।

Author

Leave A Reply

Your email address will not be published.