१२ आश्विन २०८३, सोमबार

७ दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने, नभए निष्क्रिय गरिने सरकारको निर्णय

339

२०८२ भदौ ११ गते बुधबार, काठमाडौं।

सरकारले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूलाई ७ दिनभित्र दर्ता गर्नुपर्ने समयसीमा तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री गुरुङले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जालहरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीहरूलाई मध्यनजर गर्दै यो निर्णय गरिएको बताएका हुन्। यस निर्णयले सामाजिक सञ्जालको नियमन गरी यसलाई थप व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको देखिन्छ।

Author

Leave A Reply

Your email address will not be published.