१२ आश्विन २०८३, सोमबार

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक सडकमा (तस्बिरहरु)

413

२०८२ भाद्र ०६ गते शुक्रबार, काठमाडौं।

विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले शुक्रबार काठमाडौंको बानेश्वरमा विशाल प्रदर्शन गरेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर सभामा परिणत भएको थियो, जहाँ उनीहरूले चर्को नाराबाजीसहित विधेयकको विरोध गरे।

आजै बिहान निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको चक्रपथका विभिन्न चोकहरूमा सवारी साधन तेर्स्याएर चक्काजाम गर्ने प्रयाससमेत गरेका थिए। बिहीबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत विधेयकका प्रावधानहरू नसच्याएसम्म आफूहरू पछि नहट्ने उनीहरूले चेतावनी दिएका छन्।

तस्बिरहरु

 

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.