१३ आश्विन २०८३, मंगलवार

मन्त्री पदमा सहमति जुटेपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

383

२०८२ साउन २७ गते मंगलबार, काठमाडौं।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नै दलभित्रको असन्तुष्ट समूहलाई मनाएपछि विश्वासको मत सुरक्षित गरेका छन्। मंगलबार प्रदेश सभामा उनले ६३ मतसहित विश्वासको मत प्राप्त गरे।

तीन मन्त्री पदको माग गर्दै आएको नेपाली कांग्रेसकै लामा समूहका १३ सांसदले पनि अन्तिम समयमा बानियाँलाई विश्वासको मत दिएका थिए। मुख्यमन्त्री बानियाँले लामा समूहले प्रस्ताव गरेअनुसार नै मन्त्री नियुक्त गर्ने शर्तमा सहमति जनाएपछि उनीहरूले मत दिएको बताइएको छ।

मुख्यमन्त्रीको पक्षमा नेकपा एमालेका २७ र नेपाली कांग्रेसका ३६ सांसदले मत दिएका थिए भने विपक्षमा २२ मत खसेको थियो।

Author

Leave A Reply

Your email address will not be published.