१४ आश्विन २०८३, बुधबार

‘छाउगोठ भत्काउन अभियान थालौँ’

211

२०८२ असार ३१ गते मंगलबार, काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । उहाँले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गर्नुभयो ।

कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो । “कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन ? कसुरजन्य अपराधलाई प्रशय दिनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ”, सांसद चन्दले भन्नुभयो, “तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?”

Author

Leave A Reply

Your email address will not be published.