५ आश्विन २०८३, सोमबार

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

8
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारी तथा शिक्षा क्षेत्रका विज्ञहरू समेटिएका छन्।
यसअघि संसद्‌मा पेस भएको विधेयक प्रक्रियामा अघि बढ्न नसकेपछि मन्त्रालयले साबिकको मस्यौदा, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई आधार मानेर नयाँ मस्यौदा तयार गर्न लागेको हो। विधेयक तयारीका लागि मन्त्रालयले सातै प्रदेशमा नीति संवाद सम्पन्न गरिसकेको छ भने आगामी दिनमा अन्य सरोकारवालाहरूसँग पनि सुझाव सङ्कलन गर्ने जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.