३० जेष्ठ २०८३, शनिबार

नवनियुक्त मन्त्रीद्वय सुधन गुरूङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ

32

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति पौडेलले उहाँहरूलाई शपथ गराउनुभएको हो। नवगठित मन्त्रिपरिषद्मा गुरूङलाई गृह मन्त्रालय र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

त्यसैगरी, समारोहमा मन्त्रीगण, संघीय संसद्का सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू तथा उच्च पदस्थ सरकारी कर्मचारीहरूको समेत सहभागिता थियो। शपथ ग्रहणपश्चात् नवनियुक्त मन्त्रीद्वयले आजै आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.