२१ जेष्ठ २०८३, बिहीबार

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ र पदभार आजै हुने

36

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पद तथा गोपनीयताको शपथ आजै हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शपथ ग्रहण समारोह आज साँझ ६ बजेर १० मिनेटका लागि तय गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै नवनियुक्त प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

यसअघि आजै बसेको संसदीय सुनुवाइ समितिको बैठकले डा. शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको थियो। उहाँको शपथ र पदभार ग्रहणसँगै सर्वोच्च अदालतले नयाँ नेतृत्व पाउनेछ।

Author

Leave A Reply

Your email address will not be published.