१५ श्रावण २०८३, शुक्रबार

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग ठप्प, खुल्न समय लाग्ने

112

२०८३ बैशाख १३ गते आइतबार काठमाडौं।

काभ्रेपलाञ्चोक: हिजो (शनिबार) देखिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । शनिबार दिउँसोदेखि बन्द भएको सडक आइतबारसम्म पनि खुल्ने निश्चित नरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, नार्के, दाहालबेंसी, माम्ती र नेपालथोक लगायतका एक दर्जनभन्दा बढी स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बगाएको छ । सडक अवरुद्ध भएपछि काभ्रेको मंगलटार, भकुन्डे, धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन र यात्रीहरू अलपत्र परेका छन् ।

प्रहरीले मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई रोशी खोला पारि हिँडाएर तेमाल-नारायणस्थान-भकुन्डे हुँदै वैकल्पिक मार्गबाट पठाउने व्यवस्था मिलाएको छ । गत असोजको भीषण बाढीले सडक क्षतिग्रस्त बनाएपछि निर्माण गरिएका अस्थायी डाइभर्सनहरू सामान्य वर्षा हुनासाथ बगाउँदा यात्रीहरूले पटक-पटक सास्ती खेप्नु परिरहेको छ । सडक खुलाउने प्रयासका कार्यहरु हुदै आएको छ।

Photo: Nepal Police, Kavre

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.