४ आश्विन २०८३, आईतवार

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

165

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिँदै भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो ।

महानिरीक्षक कार्कीले सूचना संकलनलाई प्राथमिकता दिँदै सुरक्षा संवेदनशीलताको विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । अन्य सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित कार्यसम्पादन गर्न जोड दिँदै उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।

कार्यक्रममा उहाँले मतदान स्थलको सुरक्षा, मतपेटिका ढुवानी र आर्थिक अपराध (हुण्डी) नियन्त्रणमा खरो रूपमा उत्रिन प्रहरीलाई सचेत गराउनुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू उमाप्रसाद चतुर्बेदी र राजन अधिकारीले समेत जनशक्ति व्यवस्थापन र सुरक्षा सावधानीबारे आवश्यक निर्देशन दिनुभएको थियो । कार्यक्रममा देशभरका उच्च प्रहरी अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.