५ आश्विन २०८३, सोमबार

ओखलढुंगामा वृद्ध दम्पतीको हत्यामा संलग्न दुई जना काठमाडौंबाट पक्राउ

213

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ बोहोरेमा एक वृद्ध दम्पतीको हत्या भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ घर भई हाल काठमाडौंको डल्लु बस्ने ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक जना रहेका छन्।

गएको माघ १२ गते ८१ वर्षीय चन्द्र बिक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राई आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार काठमाडौंको डल्लुबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) र डाँका चोरी मुद्दामा ओखलढुंगा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.