५ आश्विन २०८३, सोमबार

देशभर मतदाताको संख्या १ करोड ८९ लाख नाघ्यो, पुरुष मतदाताको संख्या बढी

183

२०८२ माघ ०९ गते शुक्रबार, काठमाडौं।

निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मतदाताको संख्या देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको छ।

आयोगका अनुसार महिलाको तुलनामा पुरुष मतदाताको संख्या करिब ४ लाख २३ हजारले बढी रहेको छ। लिङ्गका आधारमा हेर्दा पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८ जना रहेका छन् भने महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ जना छन्। यस्तै, अन्य लिङ्ग समूहका मतदाताको संख्या २ सय रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गरेको हो। यसले निर्वाचन प्रक्रिया थप समावेशी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.