५ आश्विन २०८३, सोमबार

काठमाडौंको अत्तरखेलबाट ७६ हजार नक्कली नोटसहित ६ जना पक्राउ

195

२०८२ पुस १७ गते बिहिबार, काठमाडौं।

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट ७६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल शंखरापुर-४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा लगायत ६ जना रहेका छन्। उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले यो कारबाही गरेको हो। पक्राउ परेका व्यक्तिहरूले ती नक्कली नोट कहाँबाट ल्याएका हुन् र बजारमा कहाँ-कहाँ प्रयोग गरे भन्ने विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.