५ आश्विन २०८३, सोमबार

४ किलो ३ सय ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

203

काठमाडौंको सिनामंगलबाट अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले ४ किलो ३ सय ग्राम कोकिनसहित एक थाई र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४० वर्षीया थाई नागरिक मिस रुसानी कामा, ५५ वर्षीय भारतीय नागरिक जेभियर म्याथ्यु र २१ वर्षीय मुरसालेन हुसेन रहेका छन्। लाओसबाट थाइल्याण्ड र सिंगापुर हुँदै काठमाडौं ल्याइएको उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.