५ आश्विन २०८३, सोमबार

काठमाडौंको डल्लुबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

207

काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित एक डेरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

रौतहट घर भई डल्लु बस्ने २८ वर्षीय शेख नाजिरको कोठामा जुवा चलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूको टोलीले शनिबार राति छापा मारेको हो। पक्राउ पर्नेमा कोठाधनी नाजिरसहित रौतहटकै २१ वर्षीय ईमरोज खान र अन्य ४ जना छन्।

प्रहरीले उनीहरूको साथबाट ५७ हजार ४ सय रूपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.