५ आश्विन २०८३, सोमबार

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

245

२०८२ मङ्सिर २८ गते आइतबार, काठमाडौं।

काभ्रेको नमोबुद्ध नगरपालिका – २ पात्लेगाउँमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको अरनिको सुपर एक्सप्रेस (बागमती प्रदेश ०१–००६ ख ४८०८) को बसले ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोटल बहादुर कटुवालको घटनास्थलमै ज्यान गएको हो। घटनाको विरोधमा स्थानीयले सडक बन्द गराएपछि काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्ड ठप्प भएको छ भने पूर्वतर्फ जाने गाडीहरू धुलिखेलमै रोकिएका छन्।

Author

Leave A Reply

Your email address will not be published.