१२ आश्विन २०८३, सोमबार

प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सेवा सरल बनाउनुस्, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउनुस्

350

२०८२ साउन २३ गते शुक्रबार, काठमाडौं।

गृहमन्त्री रमेश लेखकले प्रहरी सेवालाई सरल, सुलभ र झन्झटरहित बनाउँदै नागरिकले सुरक्षाको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न काठमाडौं उपत्यकाका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको निरीक्षण तथा जिल्ला प्रहरी परिसर, काठमाडौंस्थित अपरेशन कक्षको अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले प्रहरीको आचरण र व्यवहार शिष्ट हुनुपर्नेमा जोड दिँदै जनताप्रति उत्तरदायी र जवाफदेही भएर काम गर्न आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “मानव अधिकारको संरक्षण, महिला हिंसा र साइबर अपराधजस्ता नयाँ चुनौतीको सामना गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै थप संवेदनशील र क्रियाशील हुनुहोस् ।”

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाले पनि प्रहरीले सीमित स्रोत-साधनका बाबजुद शान्ति सुरक्षामा प्रशंसनीय काम गरेको उल्लेख गर्दै नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिनुभएको थियो ।

Author

Leave A Reply

Your email address will not be published.