१५ आश्विन २०८३, बिहीबार

काठमाडौंको डल्लुबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित पाँच जना पक्राउ

222

२०८२ असार १३ गते शुक्रबार, काठमाडौं।

काठमाडौंको डल्लुस्थित एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पसले सहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार दिउँसो नगद र ताससहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका-१५ डल्लुमा काभ्रेको बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा पसल सञ्चालक तामाङसहित ५ जनालाई नगद ४४ हजार ८५ रुपैयाँ र ३ बुक ताससहित रंगेहात पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त, स्वयम्भूमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.