४ बैशाख २०८३, शुक्रबार

चर्को घामको तापले पनि रोकेन शिक्षकहरुको आन्दोलन

113

२०८२ बैशाख १० गते, बुधबार काठमाण्डौ।

शिक्षा क्षेत्रमा सुधार र पेशागत सुरक्षाको माग राख्दै गत चैत २० गतेदेखि सुरु गरिएको शिक्षकहरूको आन्दोलन आज पनि जारी छ । विद्यालय तहका शिक्षक संघसंस्थाहरूको संयुक्त आह्वानमा सञ्चालन भएको यो आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन पूर्णरूपमा प्रभावित बनाएको छ।

तिन हप्तादेखि आन्दोलनरत शिक्षकहरू देशभरका शिक्षण संस्थाहरु ठप्प भएको छ। यस आन्दोलनका कारण कक्षा १२ को परिक्षा पनि तोकिएको समयमा हुन समेत सकेन।

नेपाल शिक्षक महासंघसहितका संगठनहरूले सरकारले गम्भीरतापूर्वक वार्ता नगरेको आरोप लगाउँदै आन्दोलन अझ सशक्त पार्ने चेतावनी दिएका छन्। महासंघका अध्यक्षले भने, “हामी वार्ताबाट समाधान खोज्न तयार छौँ, तर सरकारको ढिलासुस्तीले आन्दोलन लम्बिन बाध्य भएको छ।”

यसै बिचमा शिक्षा मन्त्रीले राजिनामा दिँदा अबको दिन शिक्षकका माग सम्बोदन केकसरी हुन्छ भन्नेमा संशय उत्पन्न भएको छ। तिन हप्तादेखि जारी शिक्षक आन्दोलनले शिक्षा प्रणालीलाई गम्भीर असर पारिरहेको छ। वार्ताले सार्थकता नपाउँदा आन्दोलन चर्किंदै गएको छ। समस्याको दीर्घकालीन समाधानका लागि दुबै पक्षबाट गहिरो संवाद आवश्यक देखिएको छ।

यधपी बैशाख महिनाको चर्को घामको प्रभाबलाई बेवास्ता गर्दै शिक्षकहरुले आन्दोलनलाई झन् शसक्त रुपमा अगाडि बढाउन लागिपरिरहेका छन्।

 

Author

Leave A Reply

Your email address will not be published.