डोनाल्ड ट्रम्पले लिए ४७ औँ अमेरिकी राष्ट्रपतिको सपथ
डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि उनि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।
वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाएका थिए ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपती निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।