३० जेष्ठ २०८३, शनिबार

म निर्दोष छु : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने

206


२४ भाद्र । नाबालिग
बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेकाछन्।

शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपालफर्कने समेत बताएका छन्  

उनले सबै आरोपहरू आधारहीन रहेको आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन्  

यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद१८ को दफा २१९ कोजबरजस्ती करणी गर्न नहुनेकसुरमा सन्दीप लामिछानेमाथिथप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी गरेको।

१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।

करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा मा भनिएको , ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएरभए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेकोमानिनेछ।’ 

पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छन्।

पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ। 

उनी उनी घटना भएको भोलिपल्टै अर्थात् भदौ गते केन्यामा हुने टी२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुकसेन्ट लुसिया पुगेका छन्।

Author

Leave A Reply

Your email address will not be published.