३० जेष्ठ २०८३, शनिबार

कृषि मन्त्री चौधरी र चिनियाँ राजदूतबीच भेटवार्ता: कृषि र वन क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता

4

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा दुई देशबीच कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, व्यापार प्रवद्र्धन र रोग नियन्त्रण जस्ता विषयमा सहकार्य सुदृढ बनाउनेबारे छलफल भयो । मन्त्री चौधरीले नेपाली कृषि उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच दिन र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा याक तथा चौँरी आवागमनको समस्या समाधानका लागि सहयोग आग्रह गर्नुभयो ।

जवाफमा राजदूत माओमिङले नेपालको आर्थिक विकास, जलवायु परिवर्तन र मानव स्रोत विकासका क्षेत्रमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Author

Leave A Reply

Your email address will not be published.