३१ भाद्र २०८३, बुधबार

 ग्यास अभाव समाधान गर्न मासिक ५० हजार मेट्रिक टन आयात गरिने

33

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव समाधानका लागि मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको छ।

छलफलमा व्यवसायीहरूले ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि र उपभोक्ताले थप भण्डारण (होर्डिङ) गरेपछि माग एकाएक बढेको बताएका छन्। बैठकले आगामी दशैं तथा चाडपर्वलाई लक्षित गर्दै आपूर्तिलाई नियमित र सहज बनाउन वितरण प्रणालीमा प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ।

छलफलमा प्रधानमन्त्री कार्यालय, वाणिज्य तथा गृह मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका कार्यकारी निर्देशक र ग्यास उद्योगीहरूको सहभागिता थियो।

Author

Leave A Reply

Your email address will not be published.