भोलि देशैभर प्रतिनिधिसभा निर्वाचन
२०८२ फागुन २० गते बुधबार, काठमाडौं।
भोलि फागुन २१ गते सोमबार प्रतिनिधिसभा सदस्यका लागि देशभर एकैसाथ मतदान हुँदैछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी निर्वाचन आयोग नेपाल ले दिएको छ।
आयोगका अनुसार भोलि बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म देशभरका सम्बन्धित मतदान केन्द्रहरूमा गई मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। सबै मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका लगायत आवश्यक निर्वाचन सामग्री समयमै पुर्याइसकिएको छ। साथै कर्मचारी तथा सुरक्षाकर्मीहरू पनि आ–आफ्नो जिम्मेवारी क्षेत्रमा खटिइसकेका छन्।
निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ। शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ।
आयोगले मतदातालाई निर्धारित समयभित्र आफ्नो मतदान केन्द्रमा उपस्थित भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न अनुरोध गरेको छ। साथै कुनै अवाञ्छित गतिविधि नगर्न र गराउन पनि सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणमा आग्रह गरिएको छ।
देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास आयोगले व्यक्त गरेको छ।