जरङ्खुबाट १८ सय ट्याब्लेट लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौंको तारकेश्वर नगरपालिका-६ जरङ्खुबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले आइतबार दिउँसो उनीहरूलाई १ हजार ८ सय ट्याब्लेट ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा जरङ्खु बस्ने २४ वर्षीय गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने २३ वर्षीय रोशन भुजेल रहेका छन्। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।