धनकुटामा १२ वर्षीया बालिका बलात्कृत, २९ वर्षीय अजय लिम्बु पक्राउ
धनकुटाको चौबिसे गाउँपालिका-५ मुर्कुटेटारमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय अजय लिम्बु पक्राउ परेका छन्। बालिकालाई करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो।
यस घटनामा संलग्नताको आशंकामा प्रहरीले थप एक जनालाई पनि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।