नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ। गत साता चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो।