४ आश्विन २०८३, आईतवार

भोजपुरमा ५ सय केजी गाँजासहित ९ जना पक्राउ

187

भोजपुर
भोजपुरको हतुवागढी गाउँपालिकामा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हतुवागढी गाउँपालिका-९ मचुवाबाट करिब ५ सय किलोग्राम (५ क्विन्टल) गाँजासहित उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा भोजपुरकै आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठसहित अन्य ८ जना रहेका छन्।

प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले बिहीबार बिहान नियमित जाँचका क्रममा ना.७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर खानतलासी गरेको थियो। सो क्रममा ट्याक्टरमा ४३ वटा बोरामा प्याक गरेर राखिएको उक्त परिमाणको गाँजा फेला परेपछि प्रहरीले ट्याक्टर र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.