दाङमा जबरजस्ती करणीको आरोपमा २२ वर्षीय युवक पक्राउ
दाङ: दाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाल रहेका छन्।
पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भुषाललाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। उनीमाथि २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।
पक्राउ परेका भुषालमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।