किरात संस्कृतिको सुगन्ध समेटिएको ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक
गायिका मेनुका राई र गायक राई नबिनको स्वरमा नयाँ गीत ‘उधौली र उभौली साकेला’ सार्वजनिक भएको छ। चन्द्र जयपाल राईको शब्द र राई नबिनकै संगीत रहेको यस गीतले किरात समुदायको मौलिक संस्कृति, प्रकृति पूजा र साकेला नाचको महिमालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
राजु कार्कीले एरेन्ज गरेको यस गीतको भिडियोलाई धन खालिङले निर्देशन गरेका हुन्। बिना राई निर्माता रहेको यो गीतले किरात समुदायको परम्परागत भेषभूषा र जीवनशैलीलाई जीवन्त रूपमा देखाएको छ। मौलिक संगीत र सशक्त शब्दका कारण यो गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।