४ आश्विन २०८३, आईतवार

निर्वाचन सुरक्षामा कडाइ गर्न महानिरीक्षक कार्कीको निर्देशन

151

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा योजनासहित प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।

बुधबार भर्चुअल माध्यमबाट देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले आपराधिक गतिविधि नियन्त्रण, सूचना संकलन र सीमा नाकामा हुने राजस्व चुहावट रोक्न विशेष सक्रियता देखाउन आग्रह गर्नुभयो। उहाँले फरार प्रतिवादी पक्राउ र निर्वाचन प्रहरी (म्यादी) छनौट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउन समेत निर्देशन दिनुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमा प्रसाद चतुर्बेदी र सुशील सिंह राठौरले समेत सुरक्षा संवेदनशीलताका विषयमा निर्देशन दिनुभएको थियो। बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख तथा जिल्ला कमाण्डरहरूको भर्चुअल उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.