५ आश्विन २०८३, सोमबार

‘ट्राफिक सप्ताह-२०८२’ सम्पन्न: दुर्घटना न्यूनीकरणमा प्रविधिको प्रयोगमा जोड

154

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ शनिबार ठमेलमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रमको समापन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि प्रविधिको उच्चतम प्रयोग र सरोकारवाला निकायबीचको समन्वयमा जोड दिनुभयो। उहाँले यस्ता सचेतनामूलक अभियानले सडक सुरक्षा र व्यवस्थित ट्राफिक व्यवस्थापनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पुस २६ गतेदेखि माघ २ गतेसम्म सञ्चालित यस अभियानमा सडक सुरक्षासम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै कलाकारहरू मनोज गजुरेल, आस्था राउत, बबिता बानियाँ (जेरी) लगायतले सांस्कृतिक प्रस्तुतिमार्फत चेतना फैलाएका थिए। सडक सभ्यता अभिवृद्धि गर्ने र सवारी दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्ने उद्देश्यले यो सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.