५ आश्विन २०८३, सोमबार

ब्राउनसुगरसहित गोंगबुबाट एक जना पक्राउ

169

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

गोंगबु शिवमन्दिर चोकमा अवैध लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले २० वर्षीय श्रीकृष्ण तामाङलाई शनिबार बेलुकी पक्राउ गरेको हो । नुवाकोटको सुर्यगढी गाउँपालिका–५ घर भई हाल गोंगबु बस्ने तामाङको साथबाट ३ ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.