५ आश्विन २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभनमा ७२ लाख ठगी गर्ने ५ जना पक्राउ

172

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ७२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विश्व विक्रम सेन, अर्जुन कुमार निरौला, प्रेम श्रेष्ठ, पूर्ण बहादुर तुम्ब्रोक र राज कुमार खड्का रहेका छन्।

पक्राउ परेकामध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै ९ जना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जनाबाट ४ लाख र राज कुमारले स्पेन पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये तीन जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र दुई जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो।

Author

Leave A Reply

Your email address will not be published.