५ आश्विन २०८३, सोमबार

भोजपुरमा काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ

181

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीमा आफ्नै काकाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। ६२ वर्षीय थाम प्रसाद राईको हत्या गरेको आरोपमा उनका ४१ वर्षीय भतिज सोम कुमार राईलाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सोम कुमारले आफ्ना काका थाम प्रसादको मंगलबार राति हत्या गरेका थिए। हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

हत्याको कारण अझै खुल्न सकेको छैन। पक्राउ परेका सोम कुमारमाथि जिल्ला प्रहरी कार्यालय भोजपुरले थप अनुसन्धान अगाडि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.