कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न: निर्वाचन सुरक्षामा जोड
सुर्खेतको वीरेन्द्रनगरमा गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२’ सम्पन्न भएको छ। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था र आगामी चुनौतीबारे छलफल गरिएको थियो।
गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले शान्ति सुव्यवस्था कायम गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै आसन्न निर्वाचनलाई निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन ठोस सुरक्षा रणनीति अपनाउन निर्देशन दिनुभयो।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षा चुनौतीको पहिचान र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो। गोष्ठीमा कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए भने गृह सचिव रामेश्वर दंगालले गोष्ठीको समापन गर्नुभएको थियो।