५ आश्विन २०८३, सोमबार

नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा कैलालीका सन्दिप चन्द पक्राउ

216

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्द रहेका छन् ।

चन्दले सामाजिक सञ्जालमा फेक एकाउन्ट (नक्कली खाता) बनाएर नाबालिकासँग साथी बन्ने र उनलाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडियोहरू माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती तस्बिरहरू प्राप्त गरिसकेपछि उनले नाबालिकालाई थप अश्लील गतिविधि गर्न बाध्य पारेका थिए । नाबालिकाले सो कुरा मान्न इन्कार गरेपछि चन्दले उनीसँग रहेका आपत्तिजनक तस्बिर र भिडियोहरू पीडितका साथीभाइ तथा आफन्तलाई पठाई चरित्र हत्या गरेको पाइएको छ ।

घटनाको उजुरीपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा उनलाई कैलालीबाटै मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका चन्दमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेको छ ।

Author

Leave A Reply

Your email address will not be published.