५ आश्विन २०८३, सोमबार

आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

178
रोल्पा, आफ्नै श्रीमती ५२ वर्षीया रीमा परियारको हत्या गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-५ जस्पुर बस्ने ४८ वर्षीय अमराज दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी रीमाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.