केशरमहलमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, ट्राफिक प्रहरी घाइते
काठमाडौंको केशरमहल चोकमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक जना ट्राफिक प्रहरी घाइते भएका छन् ।
मंगलबार अपराह्न ३ बजे बा प्र ०१-०३० च २३४८ नम्बरको कारले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुष पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर पनि घाइते भएका छन् । दुवै खुट्टा र छातीमा चोट लागेका ठाकुरको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।