लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ को अवसरमा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै आईजीपी कार्कीले यस्तो बताएका हुन् । उनले प्रविधिको विकास र एआईको प्रयोगसँगै हिंसाका चुनौतीहरू थपिएको भन्दै यसलाई रोक्न रणनीतिक योजना र सहकार्य जरुरी रहेको औंल्याए ।
कार्यक्रममा आईजीपी कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसा सम्बन्धी वार्षिक तथ्यपत्र सार्वजनिक गर्नुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरे । नेपाल प्रहरीले महिला सुरक्षा र लैङ्गिक समानताप्रति शून्य सहनशीलताको नीति लिएको उनले स्पष्ट पारे ।