संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री शाह सहभागी
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपतिभवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुनुभएको छ।
सम्माननीय राष्ट्रपतिको निमन्त्रणा तथा आयोजनामा सम्पन्न उक्त विशेष समारोहमा प्रधानमन्त्री शाह सरिक हुनुभएको हो। समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीगण, कूटनीतिक नियोगका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।