मन्त्रिपरिषद्का निर्णयहरू: भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २ गते बसेको बैठकले भारत, चीन, अमेरिका र बेलायतसहित १३ मुलुकका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस गरिएका नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष लेखी पठाइनेछ।
मुख्य निर्णयहरू:
-
राजदूत सिफारिस: डा. निश्चल नाथ पाण्डे (भारत), डा. कल्याण राज शर्मा (चीन), चिरन जङ्ग थापा (अमेरिका), गौरव शमशेर जंगबहादुर राणा (बेलायत), सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन (स्पेन), जिज्ञान कुमार थापा (जापान), डा. पदमाक्षी राणा (ओमान), चूडामणि खरेल (मलेसिया), प्रा. डा. सङ्गम श्रेष्ठ (दक्षिण कोरिया), डा. मंचला झा (श्रीलङ्का) र गिरी बहादुर सुनार (साउदी अरेबिया)।
-
नेपाल विद्युत प्राधिकरण: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
-
सञ्चालन तथा नियमावली संशोधन: नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। साथै, मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय भएको छ।
-
प्रशासनिक बढुवा: सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।