१४ श्रावण २०८३, बिहीबार

प्रकृति संरक्षण कोषमा अन्तर्राष्ट्रिय विज्ञहरूको ‘इन्ट्री’: बेलायती लर्डदेखि विख्यात वैज्ञानिकसम्म मनोनित

73

राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को साख र वैज्ञानिक क्षमता बढाउन सरकारले तीनजना विश्वविख्यात अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । कोषकी अध्यक्ष एवं कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐन बमोजिम उहाँहरूलाई मनोनयन गर्नुभएको हो ।

मनोनित हुनेहरूमा बेलायतको हाउस अफ लर्डका सदस्य लर्ड क्यामोस (विलियम स्टोनर), विश्वविख्यात वन्यजन्तु वैज्ञानिक डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियाली प्रा. विन्डी राइट रहनुभएको छ । लर्ड क्यामोस र डा. डाइनर्स्टाइन नेपालको संरक्षण इतिहाससँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन् भने प्रा. राइटले विगत एक दशकदेखि सालक संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा प्राज्ञिक सहकार्य गर्दै आउनुभएको छ ।

विगतमा राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्दै गएको आरोप खेपिरहेको कोषमा यसपटक विख्यात विज्ञहरूलाई ल्याएर संस्थाको ‘ग्लोबल प्रोफाइल’ बलियो बनाउने प्रयास गरिएको छ । मन्त्री चौधरीले अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वय र आधुनिक प्रविधिमा आधारित संरक्षणका लागि यो मनोनयन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Author

Leave A Reply

Your email address will not be published.