१ आश्विन २०८३, बिहीबार

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि इन्धनको भाउ नघटेकोमा प्रदिप पौडेलको आपत्ति

73

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ३० प्रतिशतले भारी गिरावट आउँदा पनि नेपाली उपभोक्ताले महँगोमै इन्धन किन्नुपरेको भन्दै प्रदिप पौडेलले गम्भीर आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पौडेलले कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा झर्दा पनि आयल निगमले मूल्य नघटाउनु दुःखद् भएको बताएका छन्। आयल निगमले ‘प्रशोधित तेल किन्ने’ जस्ता प्राविधिक बहाना देखाएर तथ्य लुकाएको र आम नागरिकलाई राहत दिन कन्जुस्याइँ गरेको उनको आरोप छ।

स्वचालित मूल्य प्रणाली मूल्य बढाउने बेलामा तुरुन्तै लागू हुने तर घट्ने बेलामा विभिन्न बहाना बनाएर नघटाउनुले निगमभित्रको सुशासन र पारदर्शिताको अभावलाई छर्लङ्ग पारेको उनले उल्लेख गरेका छन्। उनले अन्तर्राष्ट्रिय बजारको लाभ आम उपभोक्ताले पाउने गरी तत्काल मूल्य समायोजन गर्न मागसमेत गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.