३० जेष्ठ २०८३, शनिबार

बीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको घटनास्थलमै मृत्यु

57

२०८३ जेठ २९ गते शुक्रबार काठमाडौं।

काभ्रेपलाञ्चोक : बीपी राजमार्ग अन्तर्गत सेल्फीडाडामा बिहीबार एक यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
बनेपाबाट रोशी खर्पाचोक तर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस सडकमा दुर्घटनामा परेको हो। दुर्घटनाको प्रकृति र बस सडकबाट कति तल खसेको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सनाखत हुन सकेको छैन। अहिले घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएका छन्। बसमा कति यात्रु सवार थिए र दुर्घटनाको कारण के हो भन्नेबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।

Author

Leave A Reply

Your email address will not be published.