२१ जेष्ठ २०८३, बिहीबार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्बन्धी सम्झौता

54

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेड (NCHL) बीच ‘नेपाल पे’ (NEPALPAY) कार्ड सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो।

यस सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक नेशनल कार्ड स्विच (NPS-NCS) र डोमेस्टिक कार्ड स्किम (NEPALPAY Card) को प्रमुख सदस्य बनेको छ। अब बैंकका ४७ लाखभन्दा बढी ग्राहकले निकट भविष्यमै स्वदेशी कार्ड ‘नेपाल पे’ मार्फत डिजिटल भुक्तानीका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

हाल ७७ वटै जिल्लामा ३१४ शाखा र ३३२ एटिएममार्फत सेवा दिइरहेको सरकारी स्वामित्वको यस बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन यो कदम चालेको जनाएको छ। कार्यक्रममा दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.