५ आश्विन २०८३, सोमबार

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

111

जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–२ पानधारा बस्ने ४२ वर्षीय ईन्द्र बहादुर नेपाली रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको विशेष टोलीले बुधबार नागार्जुनको पानधाराबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले नेपालीलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो। फैसला भएदेखि नै उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.