४ आश्विन २०८३, आईतवार

पोर्चुगल पठाउने बहानामा ५ लाख ठगी गर्ने महिला पक्राउ

123

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाई पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रे घर भई काठमाडौँ बस्ने ४७ वर्षीया कुमारी मगर तामाङ पक्राउ परेकी छिन् ।

तामाङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.