५ आश्विन २०८३, सोमबार

निर्वाचन सुरक्षाका लागि प्रहरीले सेनासँग २८ सय पेस्तोल सापटी लिने

154

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग २,८०० थान साना हतियार (पेस्तोल) सापटी मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा जङ्गी अड्डासँग माग गरिएको उक्त प्रस्तावलाई सेनाले स्वीकृत गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, सेनाबाट प्राप्त हुने यी पेस्तोलहरू सातै प्रदेशमा पठाइनेछ र आवश्यकता अनुसार निर्वाचन सुरक्षामा खटिने टोलीले प्रयोग गर्नेछन् ।

नेपाल प्रहरीले आफ्ना कर्मचारीका लागि पर्याप्त पेस्तोल नभएपछि विगतका निर्वाचनहरूमा पनि सेनासँग हतियार सापटी लिने गरेको थियो । यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन र मंसिर ४ को आम निर्वाचनमा पनि प्रहरीले सेनासँग २,८०० थान चिनियाँ पेस्तोल सापटी लिएर सुरक्षा व्यवस्था मिलाएको थियो ।

Author

Leave A Reply

Your email address will not be published.