४ आश्विन २०८३, आईतवार

गृहसचिव श्रेष्ठद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देशन

169

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा गृहसचिव श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले आसन्न निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी योजनाबद्ध ढंगले काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो। प्रहरीको आधुनिकीकरण र स्रोत साधन व्यवस्थापनमा गृह मन्त्रालयले अभिभावकीय भूमिका खेल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवबाट प्राप्त निर्देशनलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रहरी सेवालाई जनमुखी, प्रविधिमैत्री र विश्वसनीय बनाउन संगठन सदैव क्रियाशील रहेको बताउनुभयो।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रहरीको मौजुदा अवस्था, चुनौती र निर्वाचन सुरक्षा योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो। कार्यक्रममा सातै प्रदेशका प्रहरी प्रमुखहरू भर्चुअल माध्यमबाट सहभागी थिए।

Author

Leave A Reply

Your email address will not be published.